पानी पटाउने क्रममा गयो किसानको ज्यान

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक किसानको ज्यान गएको छ।पानी पटाउने क्रममा उनको ज्यान गएको हो।

ज्यान गुमाउने व्यक्ति मध्यपुर थिमि वडा नम्बर १ का ६८ वर्षीय लाजु प्रजापति रहेका छन्।

पारिवारिक स्रोतका अनुसार वडा नम्बर ३ स्थित तरकारी बारीमा पानी पटाउने क्रममा सोमबार बिहान साढ़े ७ बजे उनको निधन भएको हो। हनुमन्ते खोलामा रहेको पानी तान्ने मोटर मर्मत गर्दा उनलाई करेन्ट लागेको बताइएको छ। उनको शव टाउको गाडिएको अवस्थामा खोलामा देखे पछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन्।

 मृतक प्रजापतिका श्रीमती र दुई छोरा छन्।