भक्तपुरको कमलविनायकमा पनि इभी चार्जिङ्ग स्टेसन

नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी)को संख्या बढेसंगै चार्जिङ्ग स्टेशनहरु धमाधम खुल्न थालेका छन् । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटी(लन्चाफल्चा)मा पनि सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेसन खुलेको छ । शुभलक्ष्मी अटो वास एण्ड मल्टिट्रेडिङ्ग प्रा.लिले भक्तपुर जिल्लाका साथै उत्तरपूर्वी क्षेत्र र नगरकोट जाने पर्यटकलाई लक्षित गरेर इभी चार्जिङ्ग स्टेशसन संचालनमा ल्याएको हो । इभी चार्जिङ्ग स्टेसन […]

एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

अशोक पराजुली/सिन्धुपाल्चोक । चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ को नेकपा एमाले वडा कमिटी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ । करिब दुई महिना अगाडि मात्रै वडा अधिबेशनबाट निर्वाचित वडा कमिटीका अध्यक्ष,सचिव सहितको सिङ्गो कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेपछि […]

प्रतिनिधि सभाबाट पाँच अध्यादेश बहुमतले स्वीकृत

काठमाडौ । प्रतिनिधि सभाबाट सरकारले पेश गरेका पाँच अध्यादेश बहुमतले स्वीकृत भएका छन्। प्रतिपक्षी दलहरूको विरोधका बाबजुद बुधबार बसेको बैठकमा यी अध्यादेशहरू पारित भएका हुन्। सरकारका अनुसार यी अध्यादेशहरू आर्थिक सुधार, लगानी प्रवर्द्धन, सहकारी क्षेत्रको पुनर्संरचना, सुशासन सुधार तथा वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन ल्याइएका हुन्। स्वीकृत भएका अध्यादेशहरूमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् । गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि […]

भ्रमको खेतिमा सरकारलाई पीएचडी : बालेन

काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् ।   सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]

चन्द्रमाको सतहमा ब्लू घोस्ट

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]

पुराना पार्टीले संक्रमण सारेका प्रचण्ड गुनासो

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि सरेको गुनासो गरेका छन् । माओवादीलाई संक्रमण भएको र त्यसको उपचार खोज्न जनताको बीचमा आएको उनको भनाइ छ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका […]

भक्तपुरमा पैदलयात्रुलाई मोटरसाइकलले ठक्कर दिँदा एकको निधन, तीन घाइते

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट फेरिपनि एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउने भक्तपुर नगरपालिका-७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसीबाग रहेकी छन् । अरनिको राजमार्गमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले जगाती पुलमा उनीसहित ४ जनालाई ठक्कर दिएको थियो । साँझ दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको […]

सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान

सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]

रिङ्कु सदा अनुसन्धानबारे प्रजिअ र सुरक्षा प्रमुखसंग प्रचण्डले लिए जानकारी

सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी लिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उहाँले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार […]