चिडियाखानाभित्र डुबेको अवस्थामा पुरूष फेला, अस्पताल पुर्याउदा मृत घोषणा

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा डुबेको अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ।

सोमबार बिहान चिडियाखानाको पोखरीमा एक पुरूष डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार अन्दाजी ५५ वर्षीय पुरूषलाई तत्कालै पाटन अस्पताल लगिएको थियो। ‘डुबेको अवस्थामा फेला परेपछि तत्कालै पाटन अस्पताल पुर्‍याएका थियौं। अहिले मृत घोषणा भएको छ,’ उनले भने।

मृतक पुरूष कतिबेला कसरी भित्र प्रवेश गरेको र कसरी ज्यान गएको भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी बोगटीले जानकारी दिए।