काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ। आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







