भक्तपुरको कमलविनायकमा पनि इभी चार्जिङ्ग स्टेसन

नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी)को संख्या बढेसंगै चार्जिङ्ग स्टेशनहरु धमाधम खुल्न थालेका छन् । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटी(लन्चाफल्चा)मा पनि सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेसन खुलेको छ ।

शुभलक्ष्मी अटो वास एण्ड मल्टिट्रेडिङ्ग प्रा.लिले भक्तपुर जिल्लाका साथै उत्तरपूर्वी क्षेत्र र नगरकोट जाने पर्यटकलाई लक्षित गरेर इभी चार्जिङ्ग स्टेशसन संचालनमा ल्याएको हो ।

इभी चार्जिङ्ग स्टेसन परीक्षणको क्रममा रहेको र छिट्टै औपचारिक उद्घाटन गरिने कम्पनीका व्यवस्थापक सुदिन के.सीले बताए । स्टेसनमा तीन वटा सवारी साधन एकै पटक फास्ट चाजिङ्ग गर्न मिल्ने ब्यवस्था गरिएको उनले बताएका छन् ।

उचित मुल्य र गुणस्तरीय सेवाका लागि प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ । यहाँ मोटर साइकलका साथै अन्य सवारी साधन धुने (वासिङ्ग), हल्का सवारी साधन मर्मत गर्ने गरिँदै आएकोमा चार्जिङ्ग स्टेसनको सेवा थप गरिएको हो ।