शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ । उनका पिता सीताराम सिग्देलको ७८ बर्षको उमेरमा निधन भएको हो ।
सीताराम श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न करिब १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्त्येष्टि गरिने बताइएको छ ।
दिवङ्गत सीतारामका श्रीमती, दुई छोरा र एक छोरी छन् ।