क्षयराेग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व

नेपाल क्षयराेग निवारण संस्था भक्तपुरले नयाँ नेतृत्व निर्वाचित गरेको छ । १२ ओैं अधिवेशनबाट समाजसेवी हिरण्यप्रताप सांगामीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

विगत ४० वर्षसम्म सोही संस्थामा कर्मचारीकाे रूपमा सेवा गरेका  सांगामीकाे ४ वर्षदेखि कार्यसमितिमा समेत रहेर क्रियाशील थिए ।

कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ र सह-सचिवमा रत्नालक्ष्मी भैल निर्वाचित भएका छन् ।

सदस्यहरुमा भने सुमन श्रेष्ठ, सानुकाजी त्वायना, मनोहरदास कारञ्जित, दिनेश चरण श्रेष्ठ, मेनुका भाषिमा, बाबुकृष्ण रञ्जित रहेका छन् ।

उनीहरू सबै निर्विरोध निर्वाचित भएका पूर्व सभापति बाबुकाजी श्रेष्ठले बताए ।