संसदमा आज कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव पेश हुँदै

काठमाडौं, २३ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विस्तारै नेपालमा पनि प्रवेश गर्ने आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छरु अस्पतालको अवस्था के छ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ। प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध […]

अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिप्रका काठमाडौंको आग्रह

काठमाडौं, २२ फागुन । चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको छ । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विस्तारै नेपालमा पनि प्रवेश गरेको छ ।कोरोना भाइरसले विश्वका ७० बढी देशमा आतंक सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरु अपनाउन थालिएको छ । कोरोना भाइरस […]

पाल्पाको अर्गलिमा जिप दुर्घटना एकको मृत्यु ५ जना घाइते

पाल्पा, २१ फागुन जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप बुटवलबाट तानसेन हुँदै गुल्मी गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी […]

संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन […]

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिनेमा […]

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ

काठमाडौं २० फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित भाइरसको आशंकामा सोमवार भर्ना भएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी […]

शिक्षक लाइसेन्स मावि सामाजिकको रिजल्ट सार्वजनिक (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, सबै जना आज घर जाँदै

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए […]

चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्कामा अस्पताल भर्ना

काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा। पाण्डेले बीबीसी न्यूज नेपालीलाई […]

कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ […]