प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

ऋण प्रवाहमा दुरुपयोग गरेको आरोप लागेका सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन् ।

न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ समेत हुन् । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका बताइएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ ।

Loading...