एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

अहिले नेपालमा जहाँ तही एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुनसुकै अवस्थामा जुनबेला पनि निकाल्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छँदैछ यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ।

लेखक

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आविस्कार गरेसँगै संसारभर सानो या ठूलो देश जहाँ तही फैलिएको छ।वास्तवमा एटीएम (अटोमेटेड टेलर मेशीन) भनेर भनिन्छ । अहिले आएर एटीएमको सहजतासँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एवं बैंकिंङ सस्थाहरु लाग्नुपर्दछ ।

पटक–पटक हुने एटीएमको दुरूपयोग, हैकरले ह्यकिंङ गरी एकबाट अर्को बैंक खातामा गर्ने ट्रान्जेक्शन अहिले देश बिदेशका बैंकिंङ सेक्टरलाई थप चुनौती खडा गरेको छ । जसका कारण मानिसले बैंकप्रति विश्वास क्रमशः गुमाउँदै आएको छ किनकि आफुले जम्मा गरेर बचत गरेको रकम अन्यले लूट्ने या चोरेर लैजान सक्ने समस्या भएको हुँदा मानिस बैंकको भर पर्न छोड़ी सकेको छ । यसको पछिल्लो उदाहरण विदाको अवसर पारी एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई, सनराइज बैंक जस्ता बैंकबाट चोरी गरिरहेको अवस्थामा ५ जना चिनिया नागरिक पक्राउ परेसँगै आम बैंक, बित्तीय सस्था प्रति औला ठड्याउने र प्रश्न गर्नेको ताँती देख्न सकिन्छ ।

एटीएमबाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन । बि.सं. २०७३ साल कार्तिक जहाँ तिहार विदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो । यस्तै गरी स्विफ्ट ह्यकिंङ गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो ।

सन् २०१६ मा सेन्टर बैंक अफ़ बंगलादेशमा स्विफ्ट ह्यकिङ गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड अमेरिकी डलर चोरी गर्यो । प्राय ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिङ द्रुत रकम प्रवाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्वभर बैंकिंङ प्रणालीमा रकम भुक्तानी सुबिधा दिने स्विफ्ट विस्वसिलो सस्था पनि हो । सन् १९७०बाट बिश्वभर स्विफ्ट कार्ड९सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनानसियल टेलिकम्युनिकेशन प्रयोग गर्न थालिएको हो ।

उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोडभन्दा बढी रुपैयाँ चोरी गरेको थियो । बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड़ रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो । यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनः ढ़्याङग्रो ठटाउन बाध्य बनायो । आखिर बिस्वास गर्ने कसको ? बैंक की राज्य ? जो दुबैबाट असुरक्षित छ।

ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको पनि छ तर अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरबाही हो या राज्यको कमजोरीले यस्ता घटना घटेका छन यो सोचनीय विषय रहेको छ आम मानिसमा ।

अन्त्यमा चोरी गर्नेलाई पक्रेर वा केही धरौटी लिई छोड़ी दिने जुन परम्परा छ त्यसको सदा अन्त्य गर्ने हो । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ त्यसलाई सोचेर एटीएम मार्फत हुने चोरी ठगीमा हामी पनि यसको प्रयोग कसरी गरेका छौ र यसबाट हामीले कस्तो खालको लाभ लिन सकिने हो यसको सदुपयोग गर्ने कि नगर्ने, जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफै लालयित त छैनौ ? यसतर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ताखालका अपराधबाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी, आईटी बिशेषज्ञको आवस्यक छ । त्यसतर्फ सोचेर कदम चालनु पर्ने देखिन्छ। अस्तु

लेखकका अन्य लेख सामाग्रीहरु

– नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

 

– नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

 

– जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

 

– घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै

 

Loading...