काँग्रेसमाथि माओवादी नेताहरुले उठाए प्रश्न, राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने अडान

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले नै पाउनु पर्ने अडान अघि सारेको छ । माओवादीले राष्ट्रिय सभाको सवैभन्दा ठुलो दलको हैसियतले अध्यक्ष पाउनुपर्ने अडान अघि सारेको हो ।

मंगलबार बसेको स्थायी समिति बैठकमा बोल्दै नेताहरुले राष्ट्रिय सभा अध्यक्ष बटमलाइन हुनुपर्नेमा जोड दिएका हुन् । गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री पद छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थिति आउने भएको भन्दै स्थायी समिति सदस्य हरुले राष्ट्रिय सभा अध्यक्ष बटमलाइन बनाउनुपर्नेमा जोड दिएका सहभागी एक नेताले जानकारी गराएका छन् । ‘हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो, त्यही विषयसँग जोडिएर राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा साथीहरूका धारणा आए,’ प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले यसको पुष्टि गर्दै भने,‘यसबारेमा भोलि अन्तिम निर्णय गरिन्छ।’

यसैबीच आगामी निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेस एक्लै लड्ने गरी महासमिति बैठकबाट पास भएको महामन्त्री गगनकुमार थापाको प्रस्तावले माओवादीमा शंकाको अवस्था सृजना भएको छ । माओवादीले किन काँग्रेस लाई सहयोग गरिरहने भन्ने प्रश्न बैठकमा उठेको अर्का एक नेताले बताए । आजको बैठकमा बोल्ने नेताहरूले यसबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका बताइएको छ ।

बैठकमा यही फागुन २९ गते हुन लागेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले कुनै हालतमा दाबी छाड्न नहुने कुरा नेताहरूले उठाएका छन्। कांग्रेस महासमिति बैठकमै जनयुद्धबिरुद्ध बोलिनु र परिवर्तन विरुद्ध अभियान थालिनुले काँग्रेसलाई पूर्ण बिश्वास गरेर अघि बढ्न नसकिने बक्ताहरुले बताएका जानकारी प्राप्त भएको छ ।

Loading...