ललितपुर र चेओरवनबीच भगिनीसम्बन्ध कायम गरिने

ललितपुर । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको छ । दुवै पक्षले यसबारे गृह कार्य गरेको हो ।

कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङ नेतृत्वको प्रतिनिधिमण्डललाई ललितपुर महानगरमा स्वागत गर्दै प्रमुख महर्जनले भगिनीसम्बन्ध कायम गर्ने तयारीबारे जानकारी गराएका हुन् । भगिनीसम्बन्ध कायम गर्नका लागि जोङ नेतृत्वको भ्रमण महत्वपूर्ण हुने उनले बिश्वास व्यक्त गरे ।

ललितपुर महानगरका प्रमुख सहितको टोलीलाई भ्रमणको निम्ता दिदै मेयर जोङले कोरियामै भगिनीसम्बन्ध कायम गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिने बताएका छन् ।

Loading...