शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्राले आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिना पोख्रेलले आत्महत्या गरेकी हुन् ।

शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा आत्महत्या गरेको अवस्थामा पोख्रेल फेला परेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले पुष्टि गरेका हुन् ।

रत्ननगर–१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...