राप्रपाबाट निर्वाचित सांसद निलम्बित

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्। अख्तियारले विशेष अदालतमा उनीमाथि वन पैदावारसम्बन्धी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।

लुम्बिनी प्रदेश सभाले एक सूचना जारी गर्दै मुद्दा अन्तिम किनारा नलाग्दासम्म यादवलाई निलम्बन गरिएको जानकारी गराएको छ ।

Loading...