श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

काठमाडौंको स्वयम्भूमा श्रीमती, छोरी र नातिनीको हत्यापछि काजी विकले आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान ३ जनाको बिभत्स हत्यापछि उनले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा बिक झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।

ओखलढुंगा घर भई स्वयम्भूमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नातिनी शिवानी श्रेष्ठको हत्यापछि काजी विकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

उनले आफ्नो १४ वर्षीय छोरालाई भने भिडियो खिच्न लगाएर बिदेशमा रहेका अर्का छोरालाई राम्रो गर्नु भन्ने सुझाव दिंदै श्रीमती पर पुरुष संग सल्केका कारण हत्या गर्नु परेको संदेश पठाएका थिए । छोरी र नातिनीको हत्या गरेका उनले छोरालाई भने केही नगरेको बताइएको छ ।

उनी घर बनाउने काम गर्थे। हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए।

हत्याको कारण खुलिसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सांकेतिक तस्विर: गुगलबाट 

Loading...