फेसबुकमा चिनेकालार्इ डेटिङमा डाक्दै हत्या गर्ने खतरानाक युवती

दाङ, २९ असार । पछिल्लाे समय सामाजिक सञ्जालकाे निकै दुरुपयाेग भइरहेकाे छ । फेसबुककै कारण धेरैका घरबार तहस नहस भएका छन् भने धेरै अपराधिक घटना पनि घटेका छन् । फेसबुककाे प्रयाेग गरेर अापराधिक प्रवृतिका युवादेखि युवतीसम्म अाफ्ना गतिविधितर्फ बढी उद्धत हुन थालेकाे देखिन्छ ।

दाङका व्यापारी राजकुमार श्रेष्ठकाे पनि सामाजिक सञ्जाल नै उनकाे हत्याकाे कारण बन्न गएकाे देखिएकाे छ । व्यापारी श्रेष्ठकाे अपहरण गराउनमा भूमीका खेलेकी युवती पुजा घर्तीले एक महिना अघि फेसबुकमा नै राजकुमारसँग चिनजान गरी हिमचिम बढाउँदै गएर अन्तत: अपहरण गराएकाे थाहा भएकाे छ । प्रहरीसँगकाे बयानमा उनले याे कुरा बताएकी हुन् । उनले श्रेष्ठलार्इ डेटिङमा बाेलाएर सल्यानतर्फ लगेकाे स्वीकार गरेकी छन् ।

पुजा पछिल्लाे समय खतरानाक युवतीका रुपमा देखिएकी छन् । उनले अाफ्ना बाबुकाे याेजना अनुरुप एक महिनादेखि व्यापारी राजकुमारसँग हिमचिम बढाउँदै गएकाे देखिएकाे छ । एक महिनाका बीचमा उनले श्रेष्ठलार्इ उनकाे कपडा पसलमै गएर भेट्नेदेखि बाहिर बाेलाएर भेट्ने गरिरहेकी थिइन ।

श्रेष्ठ हत्यामा सम्लग्न २० वर्षीय पुजालार्इ प्रहरीले भारतकाे हिमाञ्चल प्रदेशकाे मनालीबाट पक्राउ गरेकाे हाे । उनी श्रेष्ठकाे हत्यापछि भारततर्फ लागेकाे बुझिएकाे छ ।

प्रहरीले याे अपहरण र हत्यामा सम्लग्न दुर्इ जनावाहेक प्रमुख याेजनाकार सबैलार्इ पक्राउ गरिसकेकाे छ । पक्राउ परेका अभियुक्तहरुको बयान लगेर उनीहरुलाई सार्वजनिक समेत गरिसकेकाे छ । मंगलबार अभियुक्तहरुलार्इ सार्वजनिक गर्दै प्रहरीले श्रेष्ठको अपहरण युवतीको प्रयोग गरेको निष्कर्षमा हामी पुगेकाे सार्वजनिक गर्याे । तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारकी २० वर्षीया युवती पूजा घर्ती मगरले आफ्ना बाबु ४० वर्षीय टिकाराम घर्ती मगरको योजना अनुसार व्यापारी श्रेष्ठको अपहरण र त्यसपछि हत्या गरेकाे प्रहरीले अाैपचारिक जानकारी पत्रकार सम्मेलनमार्फत दिएकाे हाे ।

प्रहरीले घटनाका मुख्य योजनाकार तुलसीपुर ८ का २८ वर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर ११ कटाहाका ३० वर्षीय खुमबहादुर केसी र योजनाकार टिकाराम उनकी छोरी पूजा र सल्यान झिम्पे ४ का ३५ वर्षीय मानबहादु भण्डारीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि व्यापारी श्रेष्ठको अपहरण र हत्याकाण्डको पर्दाफास भयो। बाबुकै योजना अनुसार व्यापारी श्रेष्ठसँग आफ्नो हिमचिम बढाएर अन्ततः उनलाई अपहरण गर्न ‘भिलेन’ को भूमिका खेल्ने पूजाले नै भयो थप पुष्टि भयो।

२० वर्षीया युवती पूजाले प्रहरीलाई सुरुमा बयान दिँदा व्यापारी श्रेष्ठ र आफू घुम्न सल्यान निस्किएको र बीच बाटोमा अपहरणमा परेको बताएकी थिइन्। आफूले अपहरण गर्न कुनै भूमिका नखेलेको र अपहरणपछि हत्याको थाहा पनि नभएको भनेर प्रहरीलाई बयान दिएकी पूजाले आफ्नो बयान पछि फेरिन्। पूजाले पहिले झुठो कुरा गरेपनि दोस्रो बयानका क्रममा भने व्यापारी श्रेष्ठको अपहरण गराउन आफूले भूमिका खेलेको स्वीकार गरेको राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले बताए। उनका अनुसार पूजाले आफूले योजना अनुसार नै व्यापारी श्रेष्ठलाई सल्यान घुम्न जाउँ भनेर लिएर गएको स्वीकार गरेकी छिन्।

बयानका क्रममा पूजाले भनेकी छिन्–‘हो, मैले नै व्यापारी श्रेष्ठलाई डेटिङ जाउँ भनेर बोलाएर लिएर गएर अपहरण गराएकी हुँ।’ पूजाले बयानका क्रममा बाबु टिकारामकै योजना अनुसार काम गरेको खुलाएकी छिन्। पूजाले व्यापारी श्रेष्ठसँग फेसबुकमार्फत चिनजान भएको र त्यसपछि उनको बुटवल बस्त्रालयमा कपडा किन्न जाँदा भेट हुने गरेको बताएकी छिन्।

प्रहरीसँगको बयानमा पूजाले आफूले नै व्यापारी श्रेष्ठलाई सल्यान घुम्न जाउँ भनेर प्रस्ताव राखेको र त्यो प्रस्ताव उनले सजिलै स्वीकार गरेको पनि बताएकी छिन्।

‘झण्डै डेढ महिनाअघि देखि कुराकानी हुन्थ्यो, पछि मैले आज सल्यान घुम्न जाऊँ न भनेर प्रस्ताव राखे। श्रेष्ठले हुन्छ भनेपछि हामी तुलसीपुरबाट सल्यानतर्फ हिडेका हौं। योजनाअनुसार बीचबाटोबाटै अपहरण गरिएको हो,’ पूजाले भनेकी छिन्।

उनले आफ्ना बाबु टिकारामको प्लानिङमा आफू हिडेको र उनकै योजना अनुसार व्यापारी श्रेष्ठलाई सल्यान घुम्न जान भनेर लिएर गएको स्वीकार गरेकी छिन्। घटनाका मूख्य योजनाकार भूपेन्द्र भण्डारी र खुमबहाखुर केसी भएपछि अपहरणका लागि मूख्य भूमिका पूजाले नै खेलेको प्रहरीले जनाएको छ।

पूजाले व्यापारी श्रेष्ठको अपहरण पैसा असुली गर्नकै लागि भएको र पछि जंगलमा बिरामी परेपछि हत्या गरिएको पनि प्रहरीलाई बयान दिने क्रममा भनेकी छिन्।

व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घोराही हापुरका ठेकेदार रणबहादुर घर्ती मगरको पनि ढुंगाले हानेरै सोही दिन हत्या गरिएको पूजाले बयान दिएकी छिन्। पूजाले व्यापारी श्रेष्ठ र ठेकेदार रणबहादुरको हत्यापछि आफूहरु त्यहाँबाट भारत गएको पनि बताएकी छिन्।

भारत पुगेपछिमात्रै रकम फिरौतीका लागि व्यापारी श्रेष्ठको हत्या गर्नुअघि रेकर्ड गराइएको आवाज उनका परिवारलाई फोन गरेर सुनाइएको पनि पूजाका बाबु टिकारामले पनि स्वीकार गरेका छन्। पूजाका बाबु टिकारामले प्रहरीलाई दिएको बयानमा आफूले नै व्यापारी श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन्। टिकारामले प्रहरीलाई बयान दिँदै भनेका छन्,‘सुरुमा पेस्तोलले हानेर मार्न खोजे। तर, नपड्किएपछि व्यापारी श्रेष्ठका आँखामा पट्टी बाँधेर ढुंगाले हानेर हत्या गर्योैं।’

उनले ठेकेदार रणबहादुरको पहिले हत्या गरिएको र त्यसको डेढ घण्टापछि व्यापारी श्रेष्ठको हत्या गरिएको स्वीकार पनि गरेका छन्। टिकारामले व्यापारी श्रेष्ठको हत्या भएको १०/१२ दिनपछि भारतबाट मात्रै श्रेष्ठका परिवारलाई भ्वाइस रेकर्ड सुनाएर रकम फिरौती मागेको बयान प्रहरीलाई दिएका छन्।

भारतबाट व्यापारी श्रेष्ठका परिवारलाई आएको फोन नम्बरलाई नै ट्रयाक गरेर अनुसन्धान अघि बढाएको र घटनाका मुख्य अभियुक्तसँगै टिकाराम र उनकी छोरी पूजालाई पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

Loading...