यस्तो माेवाइल एप जसबाट रगत ननिकालेर नै सुगरको मात्रादेखि सबै चेकजाँच हुने

काठमाडाैं । मानव शरिरको अवस्थालार्इ जाँचबुझ गर्न विश्वमा बिभिन्न वैज्ञानिक उपकरणहरुकाे विकास हुँदै गएकाे छ । विश्वमा विभिन्न खालका अनुसन्धान र वैज्ञानिक खाेज भइनै रहेका छन् । 

यसैबीच एउटा अध्ययनबाट मानिसकाे शरिरकाे अध्ययन गर्ने माेवाइल एप नै विकास भएकाे छ । बेलायतका वैज्ञानिकहरुकाे एउटा टाेलीले यस्ताे प्रविधिकाे विकास गरेकाे हाे । शरिरमा रगतकाे प्रेसर के केस्ताे अवस्थामा छ, रगतमा सुगरकाे मात्रा के कति छ भन्ने कुरा पत्ता लगाउन यसअघि रगत नै तानेर ल्याबमा परिक्षण गर्नुपर्ने बाध्यता थियाे । शरिरबाट रगत निकालेर त्यसकाे ल्याब परिक्षण पछि मात्र अावश्यक परेकाे विवरण तयार हुन्थ्याे । 

तर, अब याे परिक्षणपछि भने रगत ननिकालेरै शरिरकाे अवस्था पत्ता लगाउने सकिने भएकाे छ । अब रगतमा सुगरकाे मात्रा कति छ भनेर जाँच्नका लागि रगत नै निलिरहनु नपर्ने भएकाे छ । स्मार्टफाेनमा याे एप डाउनलाेड गरेर राखिएमा त्यसले अाफै अध्ययन गरेर त्यसकाे रिपाेर्ट दिने बगताइएकाे छ । 

यसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मान्छेहरु निकै लाभान्वित हुनेछन् । उनीहरुकाे स्वास्थ्य अवस्था र उनीहरुकाे जीवनमा नै ठूलाे सुधार हुने अाशा गरिएकाे छ । 

बेलायती डाक्टरहरुकाे याे खाेजकाे नाम एपिक हेल्थ राखेका छन् । एपिक हेल्थ नामक एपले शरिरमा मधुमेहकाे अवस्था पनि अध्ययन गर्नेछ । माेवाइलमा याे एप खाेलिसकेपछि विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्याे एपले औँलाको स्क्यान गर्नेछ । त्यसबाट प्रयोगकर्ताको मुटुको दर, शरीरको तापक्रम तथा रक्तचापको जाँच गरेर उचित जवाफ दिने छ ।

डोमिनिक उड नाम गरेका व्यक्ति याे एपका संस्थापक हुन् ।  याे एप बनाउन तीन वर्ष लागेकाे बताएका छन् । उनले अाफ्नाे याे नयाँ एपले मानिसको ब्लड सुगर लेभल मात्र नभइ मधुमेहको जोखिममा रहेका मानिसहरुलाई पनि सतर्क बनाउने बताएका छन । मधुमेहको जोखिम बढिरहेको अवस्थाका मानिसहरुलाई समयमै सतर्क बनाएर यसले रोग लाग्नबाट नदिएर पनि सहयाेग गर्नेछ ।

यो एपले मानिसको इन्सुलिन हर्मोनको प्रतिरोधी लेभलको पनि जाँच गर्नेछ । पछिल्लो तीन वर्षदेखि वैज्ञानिकहरुले यो एप बनाउने प्रयास गरिरहेका थिए । आउँदो केही महिनामै यो एपलाई चिकित्सा परीक्षणमा लगिने बताइएकाे छ । 

Loading...