यस्ता रोगहरु निको पार्न उठ्ने वित्तिकै खाली पेटमा पानी

२०७८, पुस ५ । हरेक दिन बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ। वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउने पुष्टि गरेको छ ।

पानी पिउने विधिः
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नुअघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानी पिउनुहोस्।

२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस् तर पानी पिएको ४५ मिनेटपछि फेरि केहि पेय पदार्थ नपिउनुहोस् र कुनै खाना पनि नखानुहोस्।

३. ४५ मिनेटपछि तपार्इंले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।

४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेटपछि २ घण्टासम्म फेरि केहि खानपिन नगर्नुहोस्।

५. जापानिज र चाइनिजहरु आफ्नो भोजनसँग तातोचिया वा तातो सुप पिउने गर्छन्। हामी पनि नक्कल गर्ने कि रु हुनत खानासँग एक गिलास चिसो पेय सबैलाई मन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसोपेयले जमाउँछ।

६. रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानी पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस् र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन

माथिको विधि अनुसार पानी पिउँदा साइड इफेक्ट केहि हुँदैन । तर, केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ।

Loading...