एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने

पुष ५, काठमाडौँ। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद र अनन्य राजनैती दलहरुबात यस बिरुद्द सडकमा बिरोध प्रदशन हुँदा संसद्बाट पास हुन सकेको छैन ।
एसीसी अन्तर्गत अमेरिकाले नेपालको सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो ।
एमसीसी अनुमोदनका लागि बिभिन्न अमेरिकी प्रतिनिधिमण्डलले शिर्ष राजनैतिक दलका अध्क्षय लगाएत संग भेटेर पटकपटक अनुमोदन गर्न आग्रह गरिसकेको छ ।
एमसिसि सम्झौता बारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबिचनै मतभेद रहेको छ।

यसै गरि संसद्को अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल गर्न आइतबार बसेको सर्वदलीय बैठकले बैठकले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
एमसीसी अघि बढाउने कि नबढाउने भन्ने विषयमा विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा लगातार संसद् अवरुद्ध गर्दै आएको नेकपा एमाले भने सहभागी भएको थिएन । सहभागी अधिकांशले एमसीसी जस्ताको तस्तै अघि बढाउन नहुनेमा जोड दिएका थिए ।
प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेश गर्न लागेको भन्दै माओवादीका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता वेदुराम भुसालले विरोध जनाएका छन् ।
आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आ–आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए ।  

 

Loading...