रगतको सही प्रयोगले अभाव कम गराउन सकिन्छ

डा विपिन नेपाल । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबरसुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ।

नेपालमा हाल वार्षिक ३ लाख ५०हजार देखि ४लाख पिन्ट रगत आवश्यक हुने गरेको छ । एकातर्फ रक्तदान गर्ने युवाहरु दिनप्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्ग समेत घटिरहेको छ।तर, वार्षिकरुपमा नेपालभर जम्मा ३लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ।यो डाटालाई हेर्ने हो भनेपनि नेपालमा अझै वार्षिक १लाख पिन्ट रगत अपुग भएकोदेखिन्छ।तर, त्यो ३ लाखबाट ९लाख रक्ततत्व बनाउन सकिन्छ । यसकारणले हेर्ने होभने रगतको माग भन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ।

नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिनप्रतिदिन रगत अभाव हुँदै आएको छ ।हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत
अभावको मुख्यकारण हो। रक्ततत्त्वहरूको प्रयोगभन्दा होलब्लडको प्रयोग अर्को मुख्यकारण हो।
रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढीभएको रगतको व्यवस्थापन नगर्नु हो।उदाहरणको लागि कुनै एक विरामीको लागि दुईप्रिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एकप्रिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ ।

हामीले एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्नखालका रगत बनाउन सक्छौँ।एकैप्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्तसञ्चार केन्द्र छन् तरपनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेकोछ ।ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिका रगत बनाउँदै आएको छ।
जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्ततत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ।

नेपालभरको रगतको समस्या भएको केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेका छन्। ग्राण्डीले हाल वार्षिक ३ हजार देखि ५ हजार प्रिन्ट रगत संकलन गर्दै आएको छ।उक्त संकलनगरिएको ३ हजारदेखि ५हजार प्रिन्ट रगतबाट ९हजारदेखि १५ हजार प्रिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएकोछ।

रगतको complication को चेकजाँच ग्राण्डीअस्पतालमा हुने गरेको छ । ग्राण्डीले हाल लगभग सबैथरी व्लडगुप्र anti bodies को चेकजाँचगर्दै आएकोछ।उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका विरामीलाई चाहिने टेस्ट एन्टीवडी आइडेन्टिफिकेशन गर्दै आएको छ ।

डा विपिन नेपाल
रक्तसञ्चार विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

Loading...