पत्रकार महासंघ सर्लाहीको रक्तदानमा ७५ सहभागी, सिंहले गरे ५०औं पटक रक्तदान

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना पत्रकार सहित ७५ जनाले रक्तदान गरेका छन् । २०औं विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

हरिवन नगरपालिकाको आर्थिक तथा रक्तसंचार सेवा केन्द्र धनुषा र भैरवी दल गण पाँचकुमारी ब्यारेकको प्राविधिक सहकार्यमा हरिवन-११स्थित सगुन सहकारीको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको थियो ।

रक्तदान नै जीवनदान भन्ने मुल मन्त्रका साथ गरिएको कार्यक्रममा १३ जना पत्रकार, २५ जना सुरक्षाकर्मी र अन्य ३७ जना गरी ७५जनाले रक्तदान गरेका शाखाका कोषाध्यक्ष अच्चुतम सापकोटाले जानकारी गराएका छन् । जसमा २ जना महिला पत्रकार सहित ७ जना महिला र ६८ जना पुरुषले रक्तदान गरेको बताईएको छ ।

बिहान ८ बजेबाट शुरु गरिएको रक्तदानमा पहिलो पटक देखि ५०औ पटक सम्म रक्तदान गर्ने रक्तदाता समेतको सहभागिता रहेको थियो । सो अवास्र्मा सबै भन्दा बढी हरिवम-११ निवासि सूर्यप्रताप सिंहले आफ्नो जीवनको ५०औ पटकको रक्तदान गर्न पाउँदा खुशी मिलेको बताएका छन् ।

त्यस्तै हरिवन ८ निवासि समाजसेवी चुडामणि वाग्लेले पनि आफ्नो जीवनको २५औ पटक भन्दा माथि रक्तदान गरेका छन् ।
एक स्वस्थ ब्यक्ति ले हरेक ३/३महिनाको फरक मा रक्तदान गर्न र एक व्यक्तिले एक पटकमा ३ जना बिरामीको ज्यान बचाउन सक्ने बताइएको छ ।

रक्तदान कार्यक्रममा संकलित रगत आजै नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र( ब्लडबैंकलाई पठाईएको र रक्तदान कार्यक्रम लाई सफल बनाउन सहयोग पुर्याउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत सबै सहभागीलाई प्रमुख अतिथि हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले गम्छा खादा लगाई प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले बताए ।

कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सापकोटा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह ,ससस्त्र प्रहरी बल १० नम्बर बाहिनि कबिलासी अगरवाका निमित्त प्रमुख रहेका प्रहरी नायब निरीक्षक रोहित बहादुर घिमिरे त्यसैगरी इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी, बागमति सेवा समाजका पूर्व अध्यक्ष भरतकुमार कार्की, पत्रकार माहसंघका पूर्व अध्यक्ष बिश्वनाथ ठाकुर, शंकर श्रेष्ठ लगायतको आथिथ्यता रहेको थियो ।

Loading...