१७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ

वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् ।

किसोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी १७ लाख रकम ठगी गरेको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको बताइएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरेको भनाइ छ ।

Loading...