उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका उनलाई चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख स्वकीय सचिव बिजय गौतमले बताएका  छन् । डा. अरुण मास्के सहितको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

Loading...