प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए गृहमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि मंगलवार साँझ उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको र अहिले उनकाे स्वास्थ्य अबस्था सामान्य रहेको उनका स्वकीय सचिव बिजय गौतमले बताएका छन् ।

यस अघि गत कात्तिकमा चीन भ्रमणका क्रममा एक्कासी मन्त्री श्रेष्ठमा मुटुको समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो । चीनमा left circumflex artery मा एन्जिओप्लास्टी गरिएको थियो ।

Loading...