आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्य घट्दा उपभोक्तलाई राहत मिलेको छ ।

नेपाल आयल निगमले आजै मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो । मध्यरातदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ । ग्यासको मूल्य भने यथावत राखिएको छ ।

ऋण मुक्त भएको खुशीयालीमा उपभोक्तालाई राहत दिन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि निगमले मूल्य घटाएको श्रोतको दावी छ । निगमले भने अन्तराष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य घटाइएको जानकारी गराएको छ ।

Loading...