जनतालाई चमत्कार चाहिएको छ : अनन्त

पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् ।शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् ।

जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियताबादले प्रश्रय पाएको र यसले जनतामा झनै निराशा बढाउने उनले बताए ।”नेपाली जनता सधैं सत्ताको बिपक्षी जस्ता बनेका छन् । यसको फाइदा हल्लाखोरहरुले उढाइरहेका छन् ।” उनले भने ।
सूचना प्रविधिको बिकासले गर्दा जनताले बिकसित देश हेरेर नेपालमा त्यस्तै हुनुपर्ने सोच राख्नु जायज भयपनि रातारात त्यस्तै परिवर्तन खोज्नु जायज नभएको उनको भनाइ छ । “पन्चायतको र बहुदलको समय भन्दा तुलनात्मक रुपले गणतन्त्रको १५ वर्षमा धेरै उपलब्धि भएपनि केही नभए जस्तो अफवाह फैलाइएको छ ।” उनले भने । तथ्य र प्रमाणमा बहस नगरी भ्रम र अफवाह फैलाइएको उनले बताएका हुन् । मेरिटको वकालत गरेर आधारभूत वर्गलाई अवसर दिने समानुपातिक समावेशीको बिरोध गर्नेहरु पश्चगामी भएका तर लोकप्रिय बन्ने होडमा नेताकार्यकर्ताले प्रतिरोध नगरेका उनले दुख ब्यक्त गरे ।” आधारभूत जनताको हकहितलाई सुनिश्चित गरेर सबै तहका जनतालाई विकासमा सहभागि गराउनु पर्छ । ” उनले भने ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कार्य अगाडि बढाएको मन नपरेका तत्वले बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी, सुनकाण्ड र एनसेल कर छली र मिटरब्याज विरुद्धको सरकारको अभियानलाई उल्टो व्याख्या गरेर सुशासनको आन्दोलन कमजोर पार्न खोजेका जिकिर गरे ।” सिङ्गो पार्टी र जनता माफियाकरणका विरुद्धमा एकजूट भएर सरकारलाई साथ दिनुपर्दछ ।” उनले भने ।

उनले सरकार केही ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा रहेको खुलासा समेत गरेका छन् ।

उक्त अवसरमा नेता पुनले कार्यकर्तालाई आलोचनात्मक चेत सहित सरकारलाई सहयोग र खबरदारी गर्न प्रोत्साहित गर्दै सरकारमा नरहेका प्रदेश र स्थानीय सरकारमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरि जनताको पक्षमा उभिन स्थानीय पार्टी र कर्याकर्तालाई अपिल पनि गरेका छन् ।

Loading...