एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो ।

पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त समितिका सदस्यहरुमाफणिन्द्र गौतम, सचिव– नेपाल सरकार, रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय, बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका उनले जानकारी गराएकी छन् ।

उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिईएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले प्रष्ट पारेकी छन् 

Loading...