करेन्ट लाग्दा किसानको निधन

खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो ।

बुधवार दिउँसो करिब ३ बजेको समयमा कालिघाट स्थित खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका गोरालाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । उनलाई साढे ३ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

 घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताएका छन् ।

Loading...