किम जोङलाई पुटिनको कार उपहार

प्योङयाङ, ८ फागुन २०८० । उत्तर कोरियाली शासक किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् ।

पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

रुसी निर्मित कारको निर्मित समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागी किमको बहिनी किम यो जोङ लगायतका शीर्ष सहयोगीहरूलाई फेब्रुअरी १८ मा डेलिभर गरिएको थियो ।

राज्य संचालित कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) का अनुसार किम यो जोङले विनम्रतापूर्वक पुटिन र रुसी पक्षलाई धन्यवाद दिएका छन । ‘यस उपहारले उत्तर कोरिया र रुसका शीर्ष नेताहरू बीचको विशेष व्यक्तिगत सम्बन्धको स्पष्ट प्रदर्शनको रूपमा काम गर्दछ र सबैभन्दा राम्रो हो,’केसीएनएले भनेको छ । 

Loading...