आज भक्तपुरको मध्यपुर थिमिमा हात्ती माथि नाँच

मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो ।

मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित रहेको छ।

आज हुने यो पुलुकिसी नाचमा हात्ती माथि राजकुमार सवारी हुँदै हात हल्लाउँदै नाच्दै आउने स्थानीय राजु कुटु बताउँछन ।

Loading...