काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० […]
मुख्य विशेष
मेयरलाई सचेत गराउँदै भक्तपुरका पाँच पत्रकार संगठनको संयुक्त विज्ञप्ति सार्वजनिक
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पत्रकारप्रति सार्वजनिक गरेको अभिव्यक्तिप्रति भक्तपुरमा क्रियाशील पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकमको आधिकारिक इमेलबाट बिहीबार विभिन्न मिडियामा पठाइएको समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै भक्तपुरका पाँच […]
प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् । उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् । […]
चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त
काठमाडौँ । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे […]
नगरपालिकाले पठाएको समाचारमै मेयरको असन्तुष्टि, पत्रकारलाई आक्षेप लगाउँदा महासंघ मौन
भक्तपुर । “चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाको आधिकारिक इमेलबाट आएको समाचारको विषयलाई लिएर मेयर जीवन खत्री पत्रकार माथि खनिएका छन् । नगरपालिकाको आधिकारिक वेबसाइट चाँगुनारायण समाचार डटकमको इमेलबाट प्राप्त समाचारलाई स्थानीय पत्रकारले हुबहु प्रयोग गर्दा पनि नगर प्रमुख खत्रीले पत्रकारलाई दोष दिएर आफ्नो आङको छारो उडाए । […]
भोटेकोशी नदीमा बगेर युवक बेपत्ता
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन्। उनलाई आज बिहान ११:१५ बजेतिर नदीले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली खटिएको […]
बिहीबार सुन प्रतितोला ४ सयले बढेर उच्च मूल्यमा पुग्यो, चाँदी पनि महँगियो
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य ऐतिहासिक […]
प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दा- समर्थन फिर्ताको कागजात झिकाउन अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनस् समर्थन गरेको पत्र […]
मोदीको स्नातकसम्बन्धी प्रमाण पत्रबारे उच्च अदालतले भन्यो- व्यक्तिगत विवरण
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक डिग्रीसम्बन्धी विवरण माग गरिएको विषयमा उच्च अदालत दिल्लीले ‘व्यक्तिगत विवरण’ भनेर व्याख्या गरेको छ। भारतीय अनलाइन लाइभ लका अनुसार केन्द्रीय सूचना आयोगले सन् २०१६ मा दिल्ली विश्वविद्यालयलाई स्नातक डिग्रीसम्बन्धी विवरण दिन निर्देशन दिएको थियो। त्यस निर्देशनलाई उच्च अदालतका न्यायाधीश सचिन दत्तको इजलासले रद्द गर्दै मोदीको डिग्रीसम्बन्धी विवरणलाई व्यक्तिगत […]
सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]











