ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ । मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै […]

गोरखापत्रलाई सरकार सेवक होइन, राष्ट्रसेवक बन्न प्रेस सेन्टरको सुझाव

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई सरकारको सेवक नभई राष्ट्रसेवक बन्न सुझाव दिएको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्रको न्यूजरुम र व्यवस्थापन दुवै पक्षलाई सुझाव प्रस्तुत गरेको हो। न्यूजरुमलाई दिइएका सुझावमा गोरखापत्रलगायतका प्रकाशनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्ने, आवाजविहीनको वास्तविक […]

रवि लामिछानेलाई भेट्न नख्खु जाँदै प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न बुधबार नख्खु जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने पुर्वापक्षका  लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका […]

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले संसदभित्रै प्राण त्यागे गरेका छन् । उनले आफ्नो ज्यान आफै लिएको बताइएको छ । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु […]

आज देशका यी नदीमा छ आकस्मिक बाढीको जोखिम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

ट्रम्पलाई फकाउने जेलेन्स्की जुक्ति, गरे एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। सोही छलफलका क्रममा युरोपेली देशको आर्थिक सहायतामा युक्रेनले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने वाचा […]

पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि इन्स्पेक्टर गुरुङ पक्राउ

काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि प्रहरीले इन्स्पेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर गुरुङलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप […]

दलदलमा दुई तिहाइको सत्ता गठबन्धन, उपसभामुख हटाउन असफल

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी अन्तिम क्षणमा असफल भएको छ। नेपाली कांग्रेस र एमालेले आज दिउँसो १ बजे संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने योजना बनाए पनि कांग्रेसभित्रैको असहमतिको कारण उक्त प्रयास अघि बढ्न सकेन। यसअघि दुवै दलले बिहान संसदीय दल को आकस्मिक बैठक बोलाई सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। […]

महेश बर्तौला भन्छन् : उपसभामुखबारे संसद्‌मा उठेको प्रश्न कसरी बिट मार्ने भन्नेबारे छलफलमा छाैँ

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेकाले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा भएको सत्तारुढ दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग बर्तौलाले सदनमा उठेको प्रश्नलाई कसरी बिट मार्ने भनेर छलफल भइरहेको बताए । ‘उपसभामुखज्यूका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको […]

हमासले स्वीकार्‍यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव

काठमाडौं । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले प्यालेस्टाइनी समूह स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी […]