पूर्वाधार निर्माणदेखि पर्यटन प्रवर्द्धनसम्म चाँगुनारायणको सार्थक पहल

भक्तपुर । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको ३ आर्थिक वर्षको अवधिमा (२०७९ सालदेखि २०८१ सम्म) नगरमा उल्लेखनीय प्रगति भएको बताइएको छ । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति, पर्यटन, यातायात तथा अन्य विविध क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको पत्रकारसंगको अन्तरक्रियामा दावी गरिएको हो । नगरकोटमा नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन […]

पत्रकार महासंघ उपत्यका प्रदेशमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रोजिना थापालाई दिइएको छ। महासंघका अध्यक्ष टेनिस रोका आइतबार राति सञ्चारसम्बन्धी कार्यक्रममा सहभागी हुन नर्वे प्रस्थान गरेपछि थापाले १० दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी हुन्। महासंघको विधानको दफा २२ को उपदफा १ बमोजिम थापालाई उक्त जिम्मेवारी दिइएको रोका स्वयंले जानकारी दिएका छन्। […]

पानद्वारा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

  काठमाडौं, २१ असार । पिन्सिपल्स एसोसिएन अफ नेपाल (पान) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरेको छ । काठमाडौं उपत्यका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईई २०८१ मा ४.० जीपीए ल्याउने विद्यार्थी, ४ जीपीए नतिजा ल्याउने विद्यार्थी अध्ययन गरेका विद्यालय र शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई पानले सम्मान […]

आयुर्वेद उपचार हरेक नागरिकसम्म पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्‍याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्‍याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने […]

आउँदै सलाम इच्छुक

काठमाडौ । तत्कालीन जनयुद्धको कठिन कालखण्डमा राज्यद्वारा हत्या गरिएका क्रान्तिकारी पत्रकार एवं साहित्यकार शहीद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन सम्पन्न भएको छ। सामाजिक न्याय, क्रान्तिकारी चेतना र मुक्तिको सपना बोकेका इच्छुकको बलिदानलाई श्रद्धापूर्वक स्मरण गर्दै यो गीत तयार पारिएको हो। गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत र रमण […]

भक्तपुरका सबै पालिका पूर्ण खोप सुनिश्चित, जिल्ला घोषणा असारभित्रै

भक्तपुर । भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसंगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएका जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जनाएकी छन् । भक्तपुरमा सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा थियो भने त्यसयता क्रमशः चाँगुनारायण र […]

गोमालाई भाटभटेनीका गुरुङले दिए १ लाख, एमबीबीएसको खर्चसमेत ब्यहोर्ने आश्वासन

भक्तपुर । इँटाभट्टामा मजदुरी गर्ने बाबुआमालाई सघाउदै एसईई तयारी गरेकी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेपछि प्रख्यात भाटभटेनी सुपरमार्केटको नजर पनि उनीमाथि परेको छ । उनले एमबीबीएस पढ्ने र डाक्टर बन्ने अठोट राखेकी सञ्चार माध्यमबाट थाहा पाएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने आश्वासन दिएका […]

महिला संघ मकवानपुरमा अपारदर्शी सदस्यता वितरण जिल्ला पार्टीलाई अमान्य : नेतृ न्यौपाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आफ्नो भातृ संस्था नेपाल महिला संघको अधिवेशनका कार्यक्रम तय नगर्न निर्देशन दिएको छ । महिला संघको सदस्यता वितरणमा जिल्ला पार्टीको तर्फबाट संयोजक रहेकी जिल्ला कार्यसमितिकी सहसचिव इन्दिरा न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएकी हुन् । नेतृ न्यौपानेले सदस्यता वितरणमा पार्टीको नीति, विधान र निर्देशन विपरित कार्यहरू गरिएको खुल्न […]

संसदलाई गुमराह गरेको आरोपपछि समितिका सभापति खतिवडाको यस्तो प्रतिक्रिया

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् । सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य […]

निजामती ऐनमा कुलिङ पिरियड घुसाएकोबारे सभामुखको चासो

काठमाडौं, १७ असार । राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले सहमति बिपरित ‘कुलिङ पिरियड’ घुसाएको रहोस्योदघाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् । संघीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ घुसाएको रहस्योदघाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरवारस्थित कार्यकक्षमा […]