काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]

नेपाली सेनाले भन्यो- राति १० बजेबाट जनधनको सुरक्षामा तैनाथ हुन्छौं

काठमाडौ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि बढ्दै गएपछि नेपाली सेनासहितका अन्य सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गर्ने तयारी भएको छ। नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको बहानामा केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिलाई अत्यधिक क्षति पु¥याइरहेको जनाउँदै यस्ता गतिविधि नगर्न कडा अपील गरेको छ। […]

संवादमा आउन जेनजीलाई राष्ट्रपतिको अपिल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्। विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध […]

अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा […]

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश, मन्त्री र उच्चपदस्थ अधिकारीहरु सेनाको ब्यारेकमा

काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो […]

प्रधानमन्त्री ओलीमाथि बालेनको कडा टिप्पणी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । आज देशभर चलेको आन्दोलन र त्यसविरुद्ध सरकारले गरेको दमनप्रति असहमति जनाउँदै उनले ओलीमाथि तीव्र आक्रोश पोखेका हुन् । साहले आफ्नो स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको […]

सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, […]

जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा थप दुई जनाको ज्यान गएसंगै मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका […]

आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै […]

सामाजिक सञ्जाल बन्द गर्नु मुसा मार्न घरमा आगो लगाएजस्तै : नागरिक प्रथम अभियान

काठमाडौं । नागरिक प्रथम अभियानले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी कदम मुसा मार्न घरमा आगो लगाएजस्तै मुखर्तापूर्ण भएको जनाएको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुसा मार्न घरमा आगो लगाउनु व्यवहारिक हुँदैन, यो मूर्खता हो। सामाजिक सञ्जाल चलाउने आधा दर्जन विदेशी कम्पनीलाई दुःख दिएको, धम्क्याएको भनिरहँदा आफ्ना देशका […]