काठमाडौ । गृह मन्त्रालयले तीन दर्जन सिडिओको सरुवा गरेको छ । जेन-जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले नियमविपरीत ३६ जिल्लाका सिडिओ सरुवा गरेको हो ।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन घोषणा भएपछि कर्मचारीको सरुवा गर्न नपाइने नियम भएपनि गृहले त्यसलाई लत्याएर ३६ जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरेको हो ।
कतिपय जिल्लामा दुई महिना पनि नपुग्दै सिडिओ सरुवा भएका छन् ।धेरै जसो जिल्लामा नयाँ सिडिओ पठाइएको छ भने केही जिल्लामा हालको जिल्लाबाट स्थानान्तरण गरिएको छ ।
हेर्नुहोस् सरुवाको सूची










