
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ ।
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् ।
भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट पार्दै उनले होटललाई थप आधुनिक स्वरूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि प्रकट गरे ।
श्रेष्ठले बतार अनुसार तोडफोड, लुटपाट र आगजनीका कारण होटलका अतिथिकक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्याङ्क्वेट हल र चैत्यलगायतका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यसयता होटल बन्द अवस्थामा छ।
होटल बन्द भएसंगै नागरिक समाजले चासो र चिन्ता व्यक्त गरेपछि कार्यकारी निर्देशक श्रेष्ठले बिज्ञप्ति जारी गर्दै पछिल्लो अवस्था अवगत गराएका हुन् ।
अस्पतालका निर्देशक जयदिन श्रेष्ठले दिएको जानकारी अनुसार यस् अघि पनि महाभूकम्प, मजदुर आन्दोलन, कोभिड लगायत विभिन्न अप्ठ्यारो परिस्थितिमा होटल अनिश्चितकालीन बन्द गरिएको र समस्या समाधान पछि पुन संचालन गरिएका उदाहरण छन् । उनले होटल पुनःनिर्माण र पुन: संचालनमा आफूहरूको अर्जुन दृष्टि रहेको दावी गरे ।
सेवा क्षेत्रमा सर्वाधिक करदाता सम्मानबाट सम्मानित समेत भएको होटल हयात पुनः सञ्चालनपछि सरकारको राजस्व वृद्धि र मुलुकको पर्यटन विकासमा योगदान पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् ।
होटल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाल लगायतले पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका ब्यवस्थापन पक्षले बताएको छ ।
यो पाँच तारे होटल पब्लिक प्राइभेट पार्टनरशीप(पीपीपी) मोडलमा संचालित छ । यसमा ४० प्रतिसत सार्वजनिक र ६० प्रतिसत निजी क्षेत्रको शेयर रहेको छ ।
३७ एक्कड क्षेत्रफलमा फैलिएको यो अन्तर्राष्ट्रिय स्तरको होटल २५ वर्षदेखि सेवारत छ । जसमा ४ सय बढी मानिसले रोजगारी पाएका छन् ।


