काठमाडौँ । अमेरिकाले १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ। डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार अमेरिकी चार्टर्ड फ्लाइटबाट डिपोर्ट भएकाहरूलाई काठमाडौं ल्याएको थियो। डिपोर्ट हुनेहरू २ जना महिला र १७ जना पुरूष छन्। अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको भनेर उनीहरूलाई डिपोर्ट […]
मुख्य विशेष
भक्तपुरमा इन्द्रजात्रा शुरु
भक्तपुर । भक्तपुरको प्राचीन सहर आजदेखि मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) को रौनकले रंगिएको छ। परम्परागत २४ टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याइएसँगै यो जात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो। एक समय पुरानो नगर क्षेत्रमा सयौँ संख्यामा उभ्याइने यम द्यः गुठीका लागि छुट्याइएका जग्गा र स्रोतहरू हराउँदै गएपछि अहिले थोरै मात्र यम द्यः उठ्ने परम्परा बाँकी […]
दास बन्न बिदेश जानेहरु देशलाई दोष दिन्छन् : सांंसद थापा(भिडियोसहित)
भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेका बताएका छन् । देशमा केही भएन भन्नू भ्रम र आरोप मात्र भएको उनको भनाइ छ । “हामी उभिएको धरातलमा आज साहसिलो पाइला चालौं” बोलको राष्ट्रप्रेम र प्रेरणा भावयुक्त गीति-भिडियोको शुभमुहुर्त समारोहलाई चाँगुनारायणमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले भने, […]
निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती […]
सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम
काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन पुगेका छन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ। ती कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा […]
नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज
काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो। यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित निकालेको थियो। शुक्रबार नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ […]
ट्रम्पका सल्लाहकारले भने- विश्वकै ठूलो लोकतान्त्रिक देशको प्रधानमन्त्री भएर मोदी पुटिन र सीको पछि लागे..
एजेन्सी । चीनमा सुरु भएको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको विषयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक उच्च अधिकारीले टिप्पणी गरेका छन्। चीनमा राष्ट्रपति सी चिनफिङसँग मोदीको भेट र सो भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएपछि ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले विवादास्पद टिप्पणी नै गरेका छन्। भारतीय अनलाइन […]
राष्ट्र बैंकले दसैँका लागि कहिलेदेखि दिँदैछ सुकिला नोट ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० […]
मेयरलाई सचेत गराउँदै भक्तपुरका पाँच पत्रकार संगठनको संयुक्त विज्ञप्ति सार्वजनिक
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पत्रकारप्रति सार्वजनिक गरेको अभिव्यक्तिप्रति भक्तपुरमा क्रियाशील पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकमको आधिकारिक इमेलबाट बिहीबार विभिन्न मिडियामा पठाइएको समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै भक्तपुरका पाँच […]
प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् । उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् । […]











