भूराजनीतिक तनावले बढायो सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार बढी वृद्धि

काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिनमा ७ हजार १ सय रुपियाँले बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपियाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको थियो। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

शुक्रबार तोलामा ७५ रुपियाँले बढ्दै ३ हजार ३५० रुपियाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य ३ हजार २७५ रुपियाँ थियो।

हालैका बजार प्रवृत्तिअनुसार सुनको मूल्य निरन्तर बढ्दो क्रममा छ। विगत एक महिनाभित्र मात्रै सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँले वृद्धि भएको छ। 

सुनको मूल्यमा यस्तो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारको अस्थिरता, अमेरिकी डलरको मजबूती र भू–राजनीतिक तनावसँग सम्बन्धित रहेको विज्ञहरूले बताएका छन्।