अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ ।

भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु अन्ततस् सुन भएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाइृ पक्राउ गरेको हो ।

महानरीय प्रहरी परिसर थानकोटका डीएसपी कुमारविक्रम थापाले भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेका तामाङ पक्राउ परेको बताए । उनी लु २ ख ६५२ नम्बरको ट्रकमा आउँदै गरेका थिए । उक्त गाडीमा चेकजाँच गर्दा शंका लागेर उनलाइ प्रहरीले समातेको र उनको कम्मरमा कालो टेपले बेरेर सेतो पोलिथिनमा सुन मिश्रित धातु लुकाइएको अवस्थामा भेटिएको थियो । टेपले बेरेर कपडाले कम्मरमा बाँधेर लुकाइएको उक्त धातु अन्तत सुन भएको प्रहरीले पत्ता लगाएको हो ।

पक्राउ परेका तामाङलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Loading...