ओरालो यात्रामा सुन, आज पनि घट्यो प्रतितोला १८ हजार ८ सय

Gold
Gold

काठमाडौ । आतबार नेपाली बजारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि घटेको छ ।  चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला  ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

(शिर्षक अन्यथा भएकोले सच्याइएको छ ।)