खोर्लाबेसीको एक ओढारमा अनौठो गरी लुकाइराखिएको १२ किलो सुन भेटियो

गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा १२ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा १२ किलो सुन भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयले उक्त सुनसहित एक जना व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । उत्तरी गोरखाबाट प्रहरीले उक्त सुनसहित पक्राउ परेका व्यक्तिलाई सदरमुकामतिर ल्याउँदै गरेको जनाएको छ । त्यो सुन कहाँबाट कसरी उत्तरी गोरखामा पुगेको हो भन्ने केही थाहा हुन सकेको छैन । प्रहरीले त्यसका बारेमा अध्ययन भइरहेको जनाएको छ । थप विवरण अध्ययनपछि मात्र भन्न सकिने गोरखा प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङ रहेकाे बुझिएकाे छ । प्रहरीले धनकमललाइृ काठमाडौंमा पक्राउ गरेकाे बुझिएकाे छ । काठमाडाैंमा पक्राउ गरेर उनलाइृ गाेरखा लगिएकाे र उनले नै सुन लुकाएकाे ठाउँ देखाएकाे बताइएकाे छ । धनकमलले ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएकाे सुन देखाएका हुन् । दुइृवटा झाेलामा दुई वटा प्लास्टिकले बेरेर बाेरामा राखिएकाे सुन भेटिएकाे प्रहरीले जनाएकाे छ ।

गत असार ११ गते राति गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोला नजिक लुटेरा समूहले उक्त सुन लुटपाट गरेकाे खबर अाएकाे थियाे । त्याे सुन खच्चडमा बोकाएर ल्याउँदै गरिएकाे बताइएकाे थियाे ।

त्यसक्रममा प्रहरीले ४ जनालाइ पक्राउ गरेकाे थियाे । पक्राउ परेकाहरुले नै धनकमलले सुन लगेकाे प्रहरीलाइ दिएका थिए । साेही अाधारमा खाेजि गर्दा प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो ।

Loading...