सुनको मुल्य सत्तरी हजार पुगेपछि बजारमा हल्लीखल्ली

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेर सत्तरी हजार पुगेको हो ।

बिहीवार सुनको मुल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला ७० हजार रुपैंया पुगेको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो ।

त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५रुपैंयामा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमा भर पर्ने भएकाले कतिसम्म पुग्छ भनेर एकीन गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व मत्थर नहुँदा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

Loading...