पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत दरवारमार्गको शेर्पा मलमा सात लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, २३ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत करिव सात लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई रंगेहात पक्राउ गरेको हो । कोइरालालाई आयोगको टोलीले दरवारमार्गमा रहेको शेर्पा मलबाट समातेको हो । टोलीले उनको साथबाट ६ लाख ७५ हजार घुस रकम बरामद गरेको जनाएको छ ।

कोइरालाले काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै उक्त रकम घुस मागेका थिए । उक्त रकम बुझेपछि उनलाई आयोगको टोलीले रेड ह्यान्ड पक्राउ गरेको हो ।

Loading...