प्रहरीका दुई सई घुस रकमसहित समातिए

काठमाडौँ – नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित समातिएका छन्।

महानगरीय प्रहरी प्रभाग गौशालमा कार्यरत उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक रमेशबहादुर पाण्डे र राजु स्वर्णकार रहेका छन् । उनीहरुलाई १८ हजार घुस रकम सहित नियन्त्रमा लीएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अनुसन्धान गर्दा सईद्वय रंगेहात समातिएका प्रवक्ता कोइरालाले जनाए ।

Loading...