पार्किङका लागि ब्याक गर्दा जिपले किचेर आफ्नै छोरा मारिए

बागलुङ, ५ साउन । बागलुङमा जिपले किचेर सात वर्षीय बालकको ज्यान गएकाे छ ।

बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग१ज ७१८१ नंम्बरको जिपले किच्दा चालक शशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो ।

शनिवार राति पार्किङका लागि जिप ब्याक गर्दा आफ्नै छोरालाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।

Loading...