यस्ता छन् ठूलो कसरतपछि सार्वजनिक नेकपा जिल्ला इन्चार्ज र सह-इन्चार्ज

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका ७७ जिल्ला र ६ महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

इञ्चार्ज र सह–इञ्चार्जकाे नामावली

Loading...