ललितपुर । जलवायु विज्ञ तथा वातावरण विदहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्पायी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । “जलवायु, ऊर्जा र पर्यटन: जहाँ हिमाली आवाज विश्वसामु पुग्छ” भन्ने नाराका साथ विश्व वातावरण दिवस २०२६को अवसरमा यूएनडीपी नेपालको साझेदारीमा साथसाथै फाउन्डेसनले शुक्रबार ललितपुरमा आयोजना गरेको हिमालय र वातावरण सम्मेलन २०२६ मा धारणा […]
पर्यटन
काठमाडौंमा ‘पाकिस्तान फुड फेस्टिभल’ हुने
काठमाडौं । पाकिस्तानी खानाको स्वाद चाख्न चाहनेहरूका लागि खुशीको खबर छ। काठमाडौंमा पाकिस्तान फुड फेस्टिभल–२०२६ हुने भएको छ । फुड फेस्टिभल आगामी फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा आयोजना हुने भएको हो । अलफ्ट काठमाडौंको ठमेलमा छ । यो स्वप्न बगैँचा नजिकै रहेको एक प्रतिष्ठित होटल हो । तीन दिनसम्म सञ्चालन हुने यस फेस्टिभलमा […]
चन्द्रागिरि हिल्समा आन्तरिक पर्यटकको उल्लेख्य भीड
काठमाडौँ । केही समयदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा रिसोर्टका कारण चन्द्रागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। विशेषगरी शनिबार तथा सार्वजनिक बिदाका दिन चन्द्रागिरि हिल्समा पर्यटकको चाप बढ्दै गएको देखिन्छ । आज शनिबार पनि चन्द्रागिरि हिल्स क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो भीड देखिएको छ। केबलकारमार्फत चन्द्रागिरि पुगेका पर्यटक तथा भक्तजनहरू भालेश्वर महादेव […]
भक्तपुर पढ्दै नवप्रवेशी शाखा अधिकृत
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको छ महिनाको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी नवप्रवेशी शाखा अधिकृतहरूको टोलीले भक्तपुरका पुरातात्विक तथा सांस्कृतिक सम्पदासहित भक्तपुर नगरको विकास मोडल अवलोकन गरेको छ। अवलोकनका क्रममा विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेकै कारण नगर ज्ञान–विज्ञानको केन्द्रका […]
पर्यटकको गन्तब्य बन्दै ऐतिहासिक सिन्धुलीगढी(फोटो फिचर)
सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी […]
कटुन्जेमा सार्वजनिक यातायातको पहुँच पुर्याउने प्रयास
भक्तपुर । बत्ति मुनी अध्यारो भने झैं सूर्यविनायक नगरपालिकाको कार्यालयसमेत रहेको पुरानो बस्ती कटुन्जेमा सार्वजनिक यातायातको पहुँच छैन । कटुन्जेमा बुधबारबाट भने सार्वजनिक सवारीको रुपमा टेम्पो सञ्चालन हुने भएको छ । सूर्यविनायक-५ का वडाध्यक्ष राजकुमार जोशीले मुख्य सडकहरूमा रुट हुनेगरी टेम्पो सञ्चालनको अनुमति दिइएको जनाएका छन् । “वडामा ५० वटा टेम्पो सञ्चालनका लागि निजी क्षेत्रलाई […]
अमेरिकी सहयोगमा येंगा हिटी पुनर्निर्माण सम्पन्न, ४० वर्षपछि पुनः बग्यो पानी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१, येंगालस्थित १४औँ शताब्दीमा निर्माण भएको ऐतिहासिक येंगा हिटीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। अमेरिकी राजदूतावास अन्तर्गतको सांस्कृतिक संरक्षण कोष (AFCP) को अनुदान तथा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग, स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यो जिर्णोद्धार सम्पन्न गरिएको हो। शनिबार आयोजित विशेष समारोहबीच अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौँ महानगरपालिकाकी […]
पर्यटन प्रवर्द्धनको लागि गोदावरी पदयात्रा
ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् । गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका […]
ललितपुर महानगरकी उपप्रमुख भन्छिन्-सचेत र एकताबद्ध भएर अघि बढौं
ललितपुर । ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्यले संस्कृति संरक्षणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् । राष्ट्रिय संवत् ११४६ को अवसरमा ताम्राकार समाजले आज शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख मन्जलीले नेपाल संवतले सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्दै समृद्धि हासिल गर्न सहयोग पुर्याउने प्रष्ट पारिन् । “संस्कृति सम्पदा […]
शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना
ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]











