एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने

भक्तपुर । नेकपा (एमाले) ले ११ औं महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको  छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको नेता महेश बस्नेतले बताए।  मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्ने उनले बताएका छन्  भदौ २३–२४ को […]

लेखा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम पारित गराउने क्रममा रिसवत लिएको र सो रकम आफ्नो कार्यकक्षमै लुकाइराखेका थिए। सूचना र उजुरीको आधारमा टंगालस्थित अख्तियारको टोलीले […]

चीन निकट मानिने माओवादी नेता महरा पुन: पक्राउ

काठमाडौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादु महरा पुन: पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पुन: पक्राउ परेका हुन् । सीआईबीले उनलाई प्रकाउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरेका छन् । यस अघि पनि भेप प्रकरणको अनुसन्धानमा पक्राउ गरी महरालाई तारिखमा छाडिएको थियो ।  सभामुख रहेका बेला पनि […]

पूर्व प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुको धारणा सुन्ने

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्। “अध्यक्ष प्रचण्डले […]

कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]

गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु

भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]

मन्त्रालय संख्या घटाउन र प्रदेशप्रति गलत संदेश जाने गतिविधि नगर्न माओवादी केन्द्रको माग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर ७ कायम गर्न माग गरेको छ। प्रदेश सभा दलका नेता शालिकराम जमकट्टेलको नेतृत्वमा माओवादी केन्द्रले मुख्यमन्त्री इन्द्र बानियाँलाई ८ बुँदे मागपत्र पेश गर्दै हाल कायम १४ मन्त्रालयलाई घटाएर ७ कायम गर्नुपर्ने, कार्य विभाजन स्पष्ट गरी काम कम भएका निर्देशनालय, […]

काभ्रेमा सवारी दुर्घटना, सात घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]

इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]

भक्तपुर प्रमुखको जोड — वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन आवश्यक

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा बढ्दो अस्थिरता र विदेशी हस्तक्षेपका सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त राष्ट्रिय आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालभाषा साहित्य तःमुंज्याको ४५औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख प्रजापतिले नेपालका प्रशासनिक संरचना— सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलाइएका हालका […]