कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ?  सांसद तामाङले प्रधानमन्त्रीले […]

उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ

काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]

कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित

भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको पूरै प्यानलले बिजय हासिल गरेको छ । अखिल (क्रान्तिकारी) र नेविसंघ गठबन्धनको पूरै प्यानल उम्मेदवार निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका ठगुन्ना ३ सय ९७ मत सहित अध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो । उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निराजन थापालाई भारी मतले […]

रहेनन् शिक्षासेवी पूर्व मेजर घिमिरे

भक्तपुरको सूर्यविनायक-५ कटुन्जेस्थित ॐ सेकेण्डरी स्कूलका संस्थापक एवं अङ्ग्रेजी शिक्षक धनप्रकाश घिमिरेको निधन भएको छ । घिमिरे नेपाली सेनाका पूर्व मेजर समेत हुन् । मंगलबार साँझ घिमिरेको निधन भएको हो । उनको पार्थिव शरीरलाई हिजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ । उच्च रक्तचापका बिरामी घिमिरेको ब्रेन हेम्ब्रेज भएको र काठमाडौस्थित ह्याम्स हस्पिटलले […]

पुल्चोक क्याम्पस सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी : सचिवमा क्रान्तिकारी, कोषाध्यक्ष नेविसंघ

ललितपुर । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् ।  उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, […]

करिब २५ करोड सहित पक्राउ परेका ट्रक चालक यस् अघि सुन तस्करीमा संलग्न

२५ करोड बराबरको बिदेशी मुद्रा डलर र युरोसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । गएराति प्रहरीले काठमाडौको टोखा नगरपालिका-१ झोरमा चेकजाँच गर्दा ना १ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद भएको थियो । डिएसपी अनिल घिमिरेको कमान्डमा रहेको प्रहरी टोलीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, […]

अनिवार्य बिदामा गभर्नर महाप्रसाद अधिकारी, नयाँ गभर्नर नियुक्त हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि  बिदामा बसेका हुन् । उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल […]

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित सम्पत्ति जफत

काठमाडौँ, ४ चैत। सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित ६जनाको घरजग्गा जफत गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री रमेश लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको उनको सचिवालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार […]

प्रहरीमा सुधार आवश्यक छ र सुरुवात आफैंबाट गर्छु : महानिरीक्षक थापा

काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त  प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान […]