राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]

सल्लाघारीको चौर ज्ञानेन्द्रले आधा खान खोजेका नेमकिपा अध्यक्ष बिजुक्छेँको खुलासा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । बच्चाबेलाको लुगा लगाउन नमिले जस्तै फालि सकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाइ छ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयको वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्रले धनी र सामन्ती वर्गको मात्र हित गर्ने भएकोले श्रमजीवी मजदुर र किसान […]

नेपालमा हिन्दुराजा चाहिन्छ भन्ने भारतीयहरुलाई एमाले महासचिवको जवाफ- भारतमै राखे भयो नि !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा बसेर नेपालमा चलखेल नगर्न सुझाव दिएका छन् । हिन्दुहरुको राजा नभएको भनेर भारतीयले चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न उनले सुझाव दिएका हुन् । सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै […]

राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायाे एक लाख रुपैयाँ जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]

निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर छक्क परेको छु – प्रधानमन्त्री ओली

pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयललाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को १६ औं राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी […]

बालेनले राजसंस्थामाथि बक्रदृष्टि राखेका राप्रपाको आरोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको जरिबाना राप्रपाले नतिर्ने भएको छ । आइतबार एअरपोर्ट र आसपासका क्षेत्रमा राप्रपाले पूर्वराजाको स्वागत गर्नेक्रम्म्मा फोहोर गरेको, बिरुवा नाश गरेको र भौतिक क्षती पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको थियो । महानगरले जरिवाना तिर्न भनेपछि राप्रपा उल्टै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथि खनिएको छ ।बालेनले […]

प्रधानमन्त्रीका सल्लाहकार रिमालले किन दिए सांसद शाहीलाई नालायकको संज्ञा

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नालायकको संज्ञा दिएका छन् । सामाजिक संजालमा सांसद ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै रिमालले शाही दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्ति भएको भनेका हुन् । उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट […]

रोल्पामा बटुकदल गणसहित नेपाली सेनाको स्वास्थ्य शिविर, सयौं स्थानीयले पाए सेवा

रोल्पा । रोल्पाको लिबाङ्गमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । उक्त शिविरमा बाहिरी गाम […]

सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा माओवादी केन्द्रको मजदुर संघ भारीमतले बिजयी

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडमा नेकपा(माओवादी केन्द्र) को मजदुर संगठन आधिकारिक ट्रेड युनियन बन्न सफल भएको छ । आइतबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भारी मतान्तर सहित माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ निर्वाचित भएको हो । सत्तारुढ दल नेकपा (एमाले) निकट समग्र उद्योग ट्रेड युनियनलाई १ […]

पूर्वराजा ज्ञानेन्द्रलाई बिमानस्थलमा भब्य स्वागत, पूर्वराजा र भारतीय आदित्यनाथको तस्वीर प्रदर्शन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो । आदित्यनाथ र ज्ञानेन्द्रको […]