दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ ।

गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी श्रोतले जनाएको भन्ने कुरामा सत्यता नभएको प्रहरीले पुष्टि  गरेको छ । 

उनी भारतको असाम राज्यबाट पक्राउ परेका बताइएको थियो । उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीले ल्याउँदै गरेको बताइए पनि  आधिकारिक पुष्टि भने भएको थिएन ।

ब्यवसायी प्रसाईं माओवादी, एमाले हुँदै अहिले राजावादी भएका छन् । राजा ल्याउने जनबिद्रोह घोषणा गर्ने उनको कार्यक्रम हिंसात्मक हुँदा चैत १५ मा दुई जनाको ज्यान जानुका साथै आगजनी, ध्वङ्स र लुटपाटका घटना भएको थियो ।

बिहीवार राति एक बिज्ञप्ती जारी गर्दै नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ  ।

दुर्गा प्रसाई भारतबाट पक्राउ परेका भन्ने खबर सत्य नभएको प्रहरीले जिकिर गरेको छ ।